स्याङ्जा।
स्याङ्जाको गल्याङमा बुधबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।
पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु१ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका-३ चापाकोटस्थित बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जीपमा २८ जना सवार थिए ।
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्