कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको मिसन अपसेट प्रेसको कार्यालयमा मोबाइल चोरी गर्ने एकजना पक्राउ परेका छन् । सोमबार बिहान ९ बजेतिर कार्यालयमा राखिएको मोबाइल चोर्ने व्यक्ति पक्राय परेका हुन् । मोईबल चोरी भए लगत्तै प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले सिसिटिभि फुटेजका आधारमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६, का उपेन्द्र सुनारलाई पक्राउ गरिएको हो । सिसिटिभि फुटेजमा सुनारले कोही नभएको मोकामा मोबाईल गोजीमा हालेर बाहिर गएको देखिन्छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डियसपि हेम बहादुर शाहीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार सुनार सुर्खेत र कोहरपुर क्षेत्रमा विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो हेर्नुहोस् ।
कोहलपुरमा दिउँसै मोवाइल चोरी हेर्नुहोस सिसि क्यामराको फुटेज (भिडियो)
प्रकाशित मिति : २०७६ भदौ १६ गते सोमबार









प्रतिक्रिया दिनुहोस्