1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

डिएसपी शाहीलाई व्यवसायीको गरे स्वागत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६  

कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा केही दिनअघि मात्र सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीलाई स्वागत थाप्न भ्याईनभ्याई छ । उनी आइतबार मात्रै झण्डै आधा दर्जन विभिन्न संघ संस्थाले आयोजना गरेका परिचयात्मक तथा स्वागत कार्यक्रममा सहभागि बनेका थिए । प्रहरी नायब उपरीक्षक शाही होटल व्यवसायी संघ बाँके कोहलपुर, बागेश्वरी यातायात व्यवस्था प्रा.ली., कोहलपुर सामुदायिक प्रहरी सेवाकेन्द्र, कोहलपुर नगरपालिका वडा नं.१ र २ नं.का जनप्रतिनिधि तथा स्थानिय भद्रभलाद्मीहरुले गरेको परिचयात्मक तथा स्वागत कार्यक्रममा सहभागि भए ।

उनीले केहीदिनअघि मात्र इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका थिए । बागेश्वरी यातायात समितीले आयोजना गरेको कार्यक्रममा विभिन्न सात वटा समितीको सहभागिता रहेको बागेश्वरी यातायात व्यवस्था प्रा.ली.का संचालक समितिका सदस्य हेम विक्रम जिसीले जानकारी दिए । उनका अनुसार शाहीलाई स्वागत गर्नुको साथै यातायात क्षेत्रमा रहेका समस्या सामाधनको लागि आग्रह गरिएको थियो ।

होटल व्यवसायी संघ बाँके कोहलपुरका अध्यक्ष एक नारायण चाँपागाईले भाइचाराको जस्तो सम्बन्ध बनाउनका लागि स्वागत तथा सम्मान गरिएको हो । ‘होटल व्यवसायीको तर्फबाट प्रहरीको साथ सहयोग सदैव सकारात्मक रहेका छौं’ उनले भने, ‘विगत देखि नै सहयोग गर्दै आएका छौं र भविष्यमा पनि सहयोग गर्नेछौं ।’ प्रहरी नायब उपरीक्षक शाहीले शान्ति र सुरक्षा दिने हाम्रो काम भएको बताए । ‘मैले एक्लो गरेर सुरक्षा दिन सक्दिन् त्यसमा सबैको साथ चाहिन्छ ।’ उनले भने, ‘घटना भएको स्थानसम्म ५ मिनेटमा प्रहरी पुग्ने वातारण निर्माण गरिनेछ ।’

प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६     12:22:56 PM  |