17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बगलामुखी मन्दिरमा सरसफाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६  

बर्दिया, १४ भदौ

बर्दियाको गुलरियामा रहेको बगलामुखी मन्दिर परिसरमा सरसफाई गरिएको छ । हरितालिका तीजलाई मध्यनजर गर्दै प्रहरीले मन्दिर परिसरमा शनिबार सरसफाई गरेका हुन् । तीज पर्वका अवसरमा मन्दिरमा आउने भक्तजनहरुलाई मध्यनजर गरी बगलामुखी मन्दिर परिसर भित्र सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

उनका अनुसार सर्प प्रभावित क्षेत्र भएकाले पनि मन्दिर भित्र रहेका ठूला झाडी, वुट्यान सफाई गर्नुपरेको थियो । आवस्यकता हेरी जिल्लाका अन्य मठमन्दिरहरु पनि क्रमशः सरसफाई गरिनेछ । प्रहरी समुदाय साझेदारीमा गरिएको मन्दिर परिसर सरसफाई कार्यले भक्तजनलाई राम्रो भएको स्थानिय निर्मला मैनालीले वताईन् । सरसफाईले विहानै पूजापाठका लागि मन्दिर आउने महिला भक्तजनहरुलाई सहज हुने उनको भनाई रहेको थियो । प्रहरीको सहकार्यमा गरिएको मन्दिर परिसर सरसफाईले राम्रो सन्देश प्रवाह गरेको वगलामुखी मन्दिरका पुजारी डिल्लीप्रसाद उपाध्यायले बताए ।

तीजका अवसरमा जिल्लाका वगलामुखी, कोटही मन्दिर, ठाकुरद्वारा स्थित ठाकुरबाबा मन्दिर, बाँसगढी स्थित ओम् केदारेश्वर धाम र शिवमन्दिर, गुलरिया भन्सार रोड स्थित शिवमंदिर, राजापुर स्थित गणेश मन्दिर, खैरापुरको पर्वतिया र अर्धनारेश्वर मन्दिर, मधुवनको कुसुम्वादेवी मन्दिर, मैनापोखर स्थित शिवमन्दिर, बारबर्दिया स्थित शिवमन्दिरमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।

प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     9:42:09 AM  |