एनआईसी एशिया रेमिटले ल्यायो दशैं तथा तिहार योजना



कोहलपुर ।

एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै विशेष योजना प्रस्तुत गरेको छ । हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।

उक्त विप्रेषण रकम यस बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ । यो योजना अंग्रेजी महिनाको १ सेप्टेम्बर देखि अक्टोबर ३१ सम्म दुई महिनाको लागि लागु हुनेछ । यो सुविधाबाट चाडपर्वको समयमा झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने र ग्राहक महानुभावहरुले उच्चतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १४ गते शनिबार