29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

आज बाँसगढीमा नगरस्तरीय तीज गित प्रतियोगिता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६  

बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढीमा नगरस्तरीय तीज गित प्रतियोगिता हुँदैछ । सगरमाथा आमा समुह र बिन्दबासिनी महिला बचत समुहको संयुक्त आयोजनामा आज नगरस्तरीय तीज गित प्रतियोगिता हुन गइरहेको हो । नगरस्तरीय तीज गित प्रतियोगितालाई बाँसगढी नगरपालिकाले सहयोग गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बाँसगढी नगरपालिकाका सामाजिक विकास समिती अध्यक्ष तुल्सिप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता आज वडा नम्बर ४ मा रहेको अमर सहिद दशरथ चन्द आधारभुत विद्यालय मटेरिया बगियामा हुनेछ । बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले कला संस्कृती संरक्षणको लागि नगरस्तरीय तीज गित प्रतियोगिता गर्न लागिएको बताए ।

उनले तीज पर्वलाई सौहार्दपुर्ण वातावरणमा मनाउन सबैलाई आग्रह गरेका छन् । नगर उपप्रमुख सुष्मा चौधरीले तीजलाई महिलाको प्रतिभा प्रष्फुटनको माध्यमको रुपमा लिनुपर्नेमा जोड दिइन् । रमाईलो गरि भड्किलो र खर्चिलो रुपमा नमनाई सबैको साझा पर्वको रुपमा तीजलाई लिनुपर्नेमा उनले जोड दिइन् । आज हुन गइरहेको बाँसगढी नगरस्तरीय तीज गित प्रतियोगितामा सबैको सहभागिताको लागि यसअघि नै विभिन्न आमा समुह, क्लब, सहकारी, विद्यालय लगायतसँग छलफल गरिसकिएको छ ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     10:46:35 AM  |