21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

पहिरोले सयौ घर विस्तापित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६  

जुम्ला। 

जिल्लाका विभिन्न स्थानमा लगातारको वर्षाका कारण पहिरो जाँदा लाखौको क्षती भएको छ । साउन महिना देखीको निरन्तर वर्षाका कारण लाखौ क्षती हुनुका साथै सयौ घर विस्तापित भएका छन् । गएको साउन ३२ गते कनकासुन्दरी गाउँपालिका १ को रिया गाउँमा पहिरो जादा लाखौको क्षती भएको थियो ।

१ रियाँ गाउँमा पर्ने ज्ञनोदय आधारभुत विद्यालयको खाने पानीमा क्षेती गरेको छ । विद्यालयमा मुहान बाट ल्याइएको खानेपानीको २० एमएमको ६ सय मिटरको पाइप र विद्यालयमा आउजाउ गर्ने काठेपुल र मुहानको ईन्टेक ( रिजव ट्याकीं) को छेदविछेद गरेको विद्यालयका प्रध्यानाध्यापक डिल्ली कठायतले जानकारी दिए । पहिरोले काठेपुल छैनन, बाटो पुरै भत्काएको छ । बिद्यार्थीहरुलाई विद्यालय आउन जान समस्या भएको कठायतले भने । यस्तै ५० घरधुरीले बाल्दै आएको रियाँ सानानलघु जलविद्युतको १ सय २० एमएमको १ सय मिटर प्याष्टिकको पाइप बगाएको स्थानीय भिमवहादुर भण्डारीले बताउनु भयो ।साउन ३२ गते बाट रियाँका ५० घरधुरीका स्थानीय वत्ती बाल्न बाट वञ्चित भएको उनको भनाइ छ । कठायतका अनुसार गाँउमा उपभोग गर्दै आइरहेको खानेपानीमा समेत समस्या गरेको छ ।

२५ सय मिटरका ३२ एमएमका ४ ओटा धारा ८ ओटा पानीका घट्ट बगाएर लगेको जानकारी दिए । गाई वस्तुलाइ चरीचरन गराउन जादा आवतजावत गर्ने गोरेटो बाटो समते नहुदाँ ठुलो चुनौती आएको भिमवहादुर भण्डारीको भनाइ छ । प्रत्येक घरको बालीनालीमा समेत क्षेती पुर्याएको छ ।सबैको वर्षाको बाली सिमी, आलु, मकै, स्याउमा क्षेती भएको छ । कनकासुन्दरी गाउँपालिका १ को रिया गाउँका अगुवा भिमवहादुर कठायतका अनुसार सबै गरी २५ लाख बराबरको क्षती भएको छ ।

यस्तै सोही वडाका स्थानीय हर्क कठायतको जटिवुटी लगाएको बगैचाँमा पनी ५ लाख बराबरको क्षती गरेको छ । बगैँचामा उतिस, खिराङलो, स्याउ र ओखर लागएका थिए । सबै बगाएर पुर्ण रुपमा नष्ट भएको हो । सोही प्रहरी चौकी चौथाका प्र.स.नि. दुर्गा बहादुर शाही, प्रहरी हवल्दार खगेन्द्र वहादुर मल्ल, प्रहरी जवान अमित चौधरी लगायतका त्यहाँको स्थानीय सकारहरु र वुद्धिजिवी, समाजसेवी विभिन्न राजनैतिक दलाका प्रतिनिधिहरु, महिला तथा सर्वशारणहरुले स्थलगत अनुगमान गरी मुचुल्का उठाइ सकेका छन । त्यँहाका पिडितहरुले जिल्ला स्थित सम्पुर्ण सरकारी तथा गैरसरकारी सस्था तथा विभिन्न स्थानीयतहरुलाइ सहयोगका लागि आग्रह गरेका छन ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     4:49:02 PM  |