8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

Update :रूकुमबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटनाः तीनको मृत्यु, २५ घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६  

कोहलपुर। 

पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडी बजारबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ।

मंगलबार साँझ ५ बजे छुटेको भेरी गंगा यातायात व्यवसायी समितिको ना ४ ख ९३१७ नम्बरको बस बिहान ४ बजेतिर ब्रेक फेल भएर सुर्खेतको हर्रे नजिकै एमाले मोडमा दुर्घटना भएको हो।

दुर्घटनास्थलबाट हालसम्म तीन जनाको सब निकालिएको र २५ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागि लगिएको ट्राफिक प्रहरी सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार बसको चालकसहित ४ बच्चा, ८ महिला र १३ पुरुष गरि २५ जना घाइते भएका छन्।

मृत्यु भएका ३ जनाको सनाखत हुन सकेको छैन।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     10:45:52 AM  |