होटेल व्यवसायी कोहलपुरको शपथ तथा पदभार ग्रहण



कोहलपुर ।

नवनिर्वाचित होटेल व्यवसायी संघ बाँके कोहलपुरका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । एक कार्यक्रमका बिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार प्रमुख निर्वाचन अधिकृत जगतजंग बुढाथोकीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । गत साउन २८ गते सम्पन्न संघको तेस्रो साधारण सभाले एक नारायण चापागाँईको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । उक्त २३ सदस्यीय कार्यसमितिलाई मंगलबार पद तथा गोपनीयताको शपथ खुवाइएको हो । प्रदेश नं. ५ का कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल र होटल ब्यवसायी संघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेको विशेष उपस्थितीमा पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेका थिए ।

होटेल व्यवसायी संघ बाँके कोहलपुरको वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर रानाभाट, उपाध्यक्षहरु भीमलाल श्रेष्ठ, बल बहादुर कडायत, लक्ष्मण थापा मगर र महिला उपाध्यक्षमा सीता कार्की चयन भएका थिए । त्यसैगरी महासचिवमा खेमराज शर्मा, सचिवमा टेक बहादुर बोगटी र लक्ष्मण बहादुर खत्री, कोषाध्यक्षमा मोहन रिजाल, सह–सचिवमा धने थापा र सह–कोषाध्यक्षमा मोहदत्त कंडेल निर्वाचित भएका थिए । साधारण सभाले प्रमोद कुमार गिरी, शोभाखर खनाल, विष्णु बहादुर कार्की, खड्गराज थापा, कमल शाही, सरीता थापा, प्रेम बहादुर खत्री, टेकनाथ तिम्सेना, दुर्गा प्रसाद भण्डारी, राज बहादुर कार्की र भरत खड्कालाई सदस्यमा चयन गरेको थियो । नवनिर्वाचित सम्पूर्ण कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा पदभार तथा प्रमाणपत्र ग्रहण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ४ गते बुधबार