मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ३, २०७६
नेपालगञ्ज ।
भारतबाट भन्सार छली नेपाल भित्राएका करिव ४४ हजार रुपैयाँ बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र वल नेपाल नं ४० गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ को हड्डी चोक नजिकैबाट उक्त कपडा बरामद गरेको हो ।
गस्ती टोलीलाई देखेपछि तस्करहरु कपडा बीचबाटोमै छोडेर भागेको गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक बोहराले जानकारी दिए । बरामद गरिएको कपडामा लेडिज सुट ५४ थान, लेडिज कुर्ति ५४ थान र थान कपडा १८ रोल अर्थात ४ सय ३२ मिटर रहेको छ । बरामद कपडा सोमबार भन्सार कार्यालय नेपालगञ्जमा बुझाइको छ । उक्त कपडाको मूल्य ४४ हजार २ सय ८० अनुमान गरिएको भन्सार कार्यालयले जनाएको छ ।