1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

आज रक्षाबन्धन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६  

कोहलपुर ।

श्रावण शुक्ल पूर्णिमा आजको दिन जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहि आएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । शास्त्र अनुसार तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । यो दिन देशभरका विभिन्न धार्मिका स्थलहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

आजै का दिन तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहि आएको छ । तर पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गरेको सस्कृतिविद बताउँछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ । विषेशगरी यस पर्वका दिदिबहिनीले आफ्ना दाजुभाईको दिर्घायुको लागि रक्षा बन्दन बाँध्ने गर्दछन् ।

प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६     7:29:46 AM  |