कोहलपुर ।
बाँके राष्ट्रिय निकुञ्जबाट आएका जंगली बदेलले बाँकेको राप्तीसोनारी गाउँपालिका ९ महादेवामा स्थानीयले लगाएको मकैबाली नष्ट गरेका छन् । स्थानीय बलबहादुर खड्का अनुसार निकुञ्जबाट गाउँमा प्रवेश गरेको बदेलको समुहले करिब ५ कठ्ठामा लगाइएको मकैबालीमा क्षती गरेका छन् । बिहीबार राती स्थानीय तीन घरपरिवारले लगाएको मकैमा क्षती पु¥याएको हो ।
निकुञ्ज आसपासमा बस्ने बासिन्दाहरु निकुञ्जबाट आउने जनावरका कारण पिडित बन्नुपरेको छ । स्थानीय खड्का अनुसार नन्दा डाँगीको करिब २ कठ्ठा, खम्बकली खड्काको करिब १ कठ्ठा १० धुर र नैनी डाँगीको करिब १ कठ्ठा १० धुरमा लगाइएको मकै बदेलले नष्ट गरिदिएको छ । निकुञ्जले जनावरबाट भएको क्षतीको राहात दिने भएपनी त्यो एकदमै कम हुने पिडितहरु बताउछन् । उनीहरुले निकुञ्जबाट गाउँमा जंगली जनावर प्रवेश गर्न नदिन तारजाली लगाउन माग गरेपनी कार्यान्वयनमा भने आउन सकेको छैन । यहाँका स्थानीयहरु सधैभरी निकुञ्जबाट आउने जनावरका कारण पिडित हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्