सुर्खेत ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले कर्णाली प्रदेश स्तरिय कार्यशाला सल्यानमा आयोजना गर्ने भएको छ । साउन २६ र २७ गते कर्णाली प्रदेशको सल्यान जिल्लामा कार्यशाला आयोजन ागर्ने भएको हो । पत्रकार महासंघको भूमिका र अबको कार्यदिशा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी हुने भएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले २६ गते अपह्रान्ह कार्यशाला उद्घाटन हुने जनाएको छ । महासंघको भावि कार्यदिशा, भुमिकालाई कसरी प्रभावकारी बनाउने लगाएतका विषयमा गोष्ठीमा छलफल गरिने पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिए ।
‘उद्घाटन कार्यक्रममा जिल्ला स्थीत जनप्रतीनिधी, राजनीतिक दलका प्रतिनिधी र प्रमुख जिल्ला अधिकारीको समेत सहभागितामा पत्रकार महासंघको भुमिकाको बारे छलफल हुने छ । गोष्ठीमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, महासचिव रमेश विष्ट, कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा लगायत पदाधिकारी, यस प्रदेशका सबै जिल्ला शाखाका अध्यक्ष, वरिष्ठ पत्रकार, जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहने छ । प्रदेशस्तरीय गोष्ठि नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटिको आयोजना र सल्यान शाखाको संयोजनमा हुन लागेको हो ।