मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २५, २०७६
दाङ ।
दाङमा सर्पले टोकेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नं ७ भौवा नाका निवासी १० बर्षीया सुजु सार्की र उनकी १३ बर्षीया दिदी कस्मिरा सार्कीको सर्पले टोक्दा मृत्यू भएको हो ।
दिदी बहिनी स्थानीय शिवशक्ति माध्यामिक विद्यालयमा कक्षा ७ र कक्षा ५ मा अध्यनरत थिए । पारिवारीक स्रोतका अनुसार दुबै दिदी बहिनीलाई विहान ५ बजेतिर सुतेकै ओच्छ्यानमा गएर एउटै सर्पले टोकेको थियो । भारतसँग सीमाना जोडिएको विकट क्षेत्र भौवा नाकावाट उनीहरुलाई उपचारको लागि भारतको शिरशियास्थित अस्पतालमा लगिएको थियो । त्यहाँ बाट थप उपचारका लागि बहराईच लैजाँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।