8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

वार्षिक साधारण तथा अधिवेशन आज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २५, २०७६  

कोहलपुर ।

नेपाल घरलु तथा उद्योग महासंघ कोहलपुर नगरपालिका समितिको वार्षिक साधारण तथा अधिवेसन आज हुदैछ । समितिको नयाँ नेत्तृव चयन तथा नयाँ कार्यदिशाका विषयमा छलफल गर्नको लागि अधिबेशन आयोजना हुन लागेको हो ।

आज विहान ११ बजेपछि स्वस्तिक कटेजमा उद्घाटन समारोहको आयोजना गरिने तदर्थ समितिका अध्यक्ष हेम प्रकाश जि.सी.ले जानकारी
दिए । उनका अनुसार उद्घाटन समारोेहमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंहको सहभागिता रहने छ । औपचारिक समारोह पश्चात नयाँ कार्य समिति चयन हुने भएकोले सम्पुर्ण सदस्य तथा उद्योगी व्यवसायीहरुलाई अनिवार्य उपस्थितिका लागि उनले आह्वान गरेका छन् ।

प्रकाशित मितिः शनिबार, साउन २५, २०७६     7:42:47 AM  |