29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बसको छतमा भेटियो शव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १८, २०७६  

बुटवल ।

बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु १६१३७ नंम्बरको बसको छतमा भेटिएको हो । पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र्पुयाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, साउन १८, २०७६     1:06:53 PM  |