मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६
कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । सवारी चेकजाँचको क्रममा ट्राफिक प्रहरीले सोमबार २० पत्ता लागू औषध बरामद गरेको हो ।
ट्राफिक प्रहरी ट्राफिक हवल्दार राम बहादुर बिष्ट र जवान गेहेन्द्र केसीले चेकजाँचको क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २५ बर्षका महेन्द्र बिश्वकर्मा र सोही ठाउँकै १८ बर्षका अबिशेक थापालाई पक्राउ गरेका हुन् । नेपालगन्जदेखि घोराही तर्फ जाँदै गरेको रा १ प ६३४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा शरिरबाट लागुऔषध बरामद गरिएको थियो । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय कुसुमको जिम्मा लगाइएको छ । उनीहरु लागुऔषध खान र लिनको लागी दाङबाट भारतको रुपैडिहासम्म पुगेको अनुमान गरिएको छ ।