हुम्ला ।
कर्णालीको विकट हिमाली जिल्ला हुम्लामा पहलिो पटक महिला सिडिओले जिम्मेवारी सम्हालेकी छन् । नयाँ प्रमुख जिल्ला अकिारीका रुपमा बिनिता भट्टराईले जिल्लाको नेतृत्व सम्हालेकी हुन् । उनी अध्यागमन कार्यालयबाट हुम्ला सरुवा भएकी हुन् ।
प्रजिअ भट्टराईले कार्यालयमा काम सुरु गरे संगै जिल्लाका राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मी सबैसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने र जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायममा आफ्नो पहिलो प्राथमिकता रहेको बताइन् ।
प्रजिअ भट्टराईले महिला, दलित, जेष्ठ नागरिकहरुका लागि कार्यालयमा सहज पुहँचका लागि आफ्नो प्रयास रहने बताइन्। पहिलो पटक जिल्लामा आएको कारण धेरै कुरा बुझ्न बाँकी रहेको र केह दिन आफुले अध्ययन गर्ने पनि उनले बताइन् ।यस अघि प्रजिअ भट्टराईलाई सिमकोट बिमानस्थलमा स्थानीय महिलाहरुले स्वागत गरेका थिए ।
केही दिन अगाडि प्रजिअ धोलकराज ढकालको काज सरुव गह मन्त्रालयमा भएपछि उनको ठाउँमा भट्टराई आउकी हुन । देशमै छिटो छिटो प्रजिअ सरुवा हुने जिल्लामा हुम्ला पनि पर्छ । यस अघि कर्णाली कै जुम्लामा पहिलो पटक महिला सिडिओको रुपमा दुर्गा बन्चाडेले नेतृत्व सम्हाली रहेकी छन् ।