कोहलपुर ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टीले झन् बढि सफलता पाउने दाबी गरेका छन् । प्रेस संगठन बाँकेले बिहिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सरकारले डेढबर्ष कार्यकालबाट सिक्दै अघि बढ्ने बताए । ‘अघिल्लो आर्थिक बर्ष सरकारको आधार बर्ष भएको भन्दै चालु आव आर्थिक विकास र समृद्धिको बर्ष हुन्छ’ उनले भने, ‘अबको तीनबर्षभित्र मुलुकमा देखिने गरि परिवर्तन हुनेछ ।’
नेता भट्टराईले एकबर्षभित्र मातहत कमिटीको अधिवेशन गरि डेढ बर्षभित्र एकताको महाधिवेशन गर्ने बताए । पार्टी एकतालाई पूर्णता दिनेक्रममा स्कुल विभागको प्रमुखका लागि देखिएको विवाद सामान्य भएको उनले टिप्पणी गरे । स्कुल विभागको नेतृत्व जसको भएपनि पार्टीको लाईन जनताको जनवाद नै हुने उनले स्पष्ट पारे । पार्टी एकताको सम्पूर्ण काम एकसाताभित्र सम्पन्न गरेर आन्तरिक तयारी गरि दुई महिना संगठन सुदृढिकरण र जनपरिचालन गरिने नेता भट्टराईले जानकारी दिए । संसदीय समितिले हाल मुलुकका २२ वटा मेडिकल कलेजको स्थलगत अनूगमन गरिरहेको छ । अनूगमनका क्रममा नेता भट्टराई सहितको टोली नेपालगञ्ज आएको हो ।