द्धन्द पिडितहरुलाई सिपमुलक सामग्री वितरण



अनोज थारु, बाँसगढी बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिकामा द्धन्द पिडितहरुको आर्थिक तथा जिविकोपार्जनको लागि सिप अनुसारको सामग्री वितरण गरिएको छ । प्रदेश ५ सरकारको आर्थिक सहयोग र बाँसगढी नगरपालिकाको समन्वयमा सामग्री बितरण गरिएको हो ।

बाँसगढी नगरपालिका वडा न ६ का १४ घर द्धन्दपीडित परिवारलाई १५ हजार बराबरको मेसेनरी सामग्री प्रत्येक परिवारलाई वितरण गिरिएको छ । उनीहरुलाई डकर्मी, सिकर्मी, सिलाई कटाई, ईलेक्ट्रोनिक्स र कृषि लगायतका सामग्रीहरु वितरण गरिएको हो ।

बाँसगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष दशरथ थारुको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि नगर उपप्रमुख सुष्मा चौधरी लगाएत द्धन्द्ध पिडितहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ९ गते बिहीबार