नरैनापुरमा २० हजार बिरुवा रोपिँदै



कोहलपुर ।

बाँकेको नरैनापुर गाउँपालिकामा शनिबारबाट बृक्षारोपण सुरु गरिएको छ । एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको सुरुवात गरे । गाउँपालिका अन्तर्गत सरकारी कार्यालय, सरकारी विद्यालय, वडाहरु र लक्ष्मणपुरस्थित रानी सामुदायिक वनमा बृक्षारोपण गरिने वडा नम्बर १ र ४ का सचिव लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

उनका अनुसार करिब २० हजार बिरुवा रोपिने कार्यक्रम छ । नरैनापुर गाउँपालिकाको सहयोग तथा बहुउद्देश्यीय बिकास मंच नरैनापुर बाँकेको आयोजनामा बृक्षारोपण सुरु गरिएको हो । बृक्षारोपण सुभारम्भ कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर १ र ४ का सचिव मिश्रा, बहुउद्देश्यीय विकास मंच बाँकेका अध्यक्ष शिवचरण यादव लगायतले बिरुवा रोपी सहभागिता रहेको थियो । गाउँपालिकालाई स्वच्छ र हरियाली बनाउन बृक्षारोपण सुरु गरिएको गाउँपालिका अध्यक्ष शाहले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ५ गते आइतबार