बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिका र सिटिइभिटीको साझेदारीमा सहिद बिष्णु–धनि बहुप्राबिधिक शिक्षालय सञ्चालन स्थापना हुने भएको छ । बारबर्दिया वडा नम्बर ७ का सहिद बिष्णु पोख्रेल र बारबर्दिया नम्बर ५ ५ का सहिद धनिराम चौधरीको २०५५ जेठ २८ गते हत्या गरिएको
थियो । उनीहरुको सम्मान र जिल्लामा प्राबिधिक शिक्षाको विकासका लागि नगरपालिकाले सहिद बिष्णु–धनि बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्न थालेको हो ।
यसैबीच प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी) यसै बर्षदेखि कक्षा सञ्चालन गर्ने गरी अनुमति दिएको छ । शिक्षामन्त्री तथा परिषद्का अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बिष्णु–धनि बहुप्राबिधिक शिक्षालयलाई कक्षा सञ्चालनको अनुमति दिएको शिक्षामन्त्रीको प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए । उनका अनुसार यो बर्षदेखि वन विज्ञान र सर्भे इञ्जिनियरिङ पढाइ सुरु हुनेछ ।









प्रतिक्रिया दिनुहोस्