सामाजिक सुरक्षा नपाएको भन्दै वडामा तालाबन्दि



मुगु ।

तिला गाउँपालिकामा चैत महिना देखीको समाजिक सुरक्षा भत्ता वितरण नै गरिएको पाईएको छ । राज्य दिने निःशुल्क प्रदानमा गर्ने रकम स्थानीय सरकारले दिन आनाकानी गरेको जेष्ठनागरिकले गुनासो गरेका छन् ।

बारम्बार भत्ता माग्न जाँदा वडा कार्यालयले नदिएको जेष्ठ नागरिक मनिनाथ योगीले गुनासो गरे । ‘ बारम्बार भत्ता माग्न जाँदा पनि दिएनन् ’ उनले भने, ‘हामी आन्दोलन गर्न बाध्य भयौ । ’यसैबीच, सामाजिक सुरक्षा नपाएको भन्दै तिलाका तीन वटा वडामा तालाबन्दि गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउनको लागि दबाव दिनको लागि तालाबन्दि गरिएको हो । जेष्ठ नागरिक योगीका अनुसार ४ महिना देखी गाउँपालिकाले प्रदान गरेको छैन । आर्थिक वर्ष सकिदा समेत भत्ता वितरण नहुदा अझै अन्यौलता बढेको छ ।

उनीहरुले लामो समय सम्म पनि रकम वितरण नभएको भन्दै भष्टचार भएको हुन सक्ने आंशका गरेका छन् ।   सामाजिक सुरक्षा भत्ता नपाएकोले वडा कार्यालयमा तालाबन्दि गरिएको जेष्ठ नागरिक मनिनाथ योगीले बताउनु भयो । गएको चैत देखि असार सम्मको चार महिनाको रकम नपाएको उहाँले बताउनु भयो । उता जनप्रतिनिधिले भने कर्मचारीको ढिलासुस्तीका कारण काम हुन नसकेको भन्दै पन्छिन् खोजेका छन् ।

वडा अध्यक्ष सिंह बुढाले वडा सचिव जयशंकर उपाध्यायको ढिलासुस्तीका कारण जेष्ठ नागरिक लगायत सबैले समयमै भत्ता बुझ्न नपाएका बताए । सामाजिक सुरक्षा भत्ता पाउने सबैलाई भत्ता नदिएसम्म वडा कार्यालयमा लगाईएको ताला नखोलिने उनीहरुले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रबार