मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २, २०७६
हुम्ला ।
औषधी र चिकित्सक अभावका कारण बिरामीले सास्ती भोगेका समाचारले प्राथमिकता पाउने गरेका बेला जिल्ला अस्पताल हुम्लाले आफूलाई समय अनुसार परिमार्जन गर्ने प्रयास थालेको छ । यस अघि प्रसुती व्येथाका सामान्य अप्रेशन मात्रै हुने अस्पतालमा अब अरु गम्भीर खालका अप्रेशन पनि गर्न थालिएको छ । मंगलबार जिल्ला अस्पतालमा हालसम्मकै गम्भीर अप्रेशन सफल रुपमा सम्पन गरेको जिल्ला अस्पतालले जनाएको छ ।
मंगलबार आन्द्रामा घाउ भएका बिरामीको अप्रेशन गर्न चिकित्सकहरुको टोली पहिलो पटक सफल भएको अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । डाक्टर सिद्धार्थ खातीको नेतृत्वमा डाक्टर दुर्गा सुर्खाली, डाक्टर टसी लामा र सिनियर अनमी बोहराको टोलीले यो अप्रेशन सफल पारेको हो । अप्रेशन सफल भएपछि बिरामीका आफन्तहरुले चिकित्सकको टोलीलाई फूलमालाले स्वागत गरेका थिए ।