नेपालगन्ज।
मालपोत कार्यालय, बाँकेले सेवाग्राहीले बुझाउने राजस्व बैंकिङ प्रणाली मार्फत बुझाउने कार्य शुरु गरेको छ ।कार्यालयले नेपाल बैंकको नेपालगन्जस्थित सिटी अफिसमा दाखिला गर्न शुरु गरेको हो । बुधबार एक कार्यक्रमका बीच औपचारिक रुपमा सेवा शुरु गरिएको मालपोत कार्यालय बाँकेले जनाएको छ । प्रमुख मालपोत अधिकृत प्रेम दौल्यालका अनुसार स्थानीय दामोदर सुनार र बिष्णु कार्की मालपोतको राजश्व नेपाल बैंक सिटि अफिसमा जम्मा गर्ने पहिलो सेवाग्राही बनेका छन् ।
उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भुजेलले बैंकमा रकम जम्मा गरेको भौचर हस्तान्तरण गरेका थिए । ‘बैंकमा राजश्व दाखिला गरेको भौचर मालपोतमा देखाएपछि अब अन्य काम अगाडी बढ्ने छ’ उनले भने,‘ सेवाग्राहीको सहजताका लागि यस्तो सेवा शुरु गरेका छौ ।’ हालसम्म सेवाग्राहीले मालपोत कार्यालयमै रकम दाखिला गर्दै आएका थिए । अब भने बैकिङ प्रणाली मार्फत राजस्व दाखिला गर्नेछन् । उनको सेवाग्राहस् बैंकमा आएपछि सेवाग्राहीले छिटोछरितो तरिकाले सेवा पाएको महसुस गर्ने बिश्वास छ । नेपाल बैंक सिटि अफिसका प्रबन्धक जनक प्रसाद सुवेदीले महत्वपूर्ण जिम्मेवारी बैंकलाई आएको बताउँदै त्यसलाई सफलतापूर्वक कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागि हुन बुटवलबाट आएका नेपाल बैंकका प्रदेश प्रमुख शेर्पाले आफ्नो बैंक नयाँ तरिकाले अगाडी बढिरहेको र आमगानरिकको बिश्वास जितिरहेको बताए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेल, राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रकाश पौडेल, जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओली, महालेखा परिक्षक कार्यालयका जिल्लास्थित प्रमुख, उद्योगी, व्यवसायी, शिक्षा तथा चिकित्साक्षेत्रका अगुवाहरुले मन्त्व्य व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्