कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा कृषि प्राविधिक धार अनुदान कार्यक्रमको सार्वजनिक सुनुवाई गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा भएका सम्पुर्ण क्रियाकलापको जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।
५ नम्बर प्रदेश अन्तर्गतको कृषि निर्देशनालयद्धारा प्राप्त अनुदान कार्यक्रमको सार्वजनिक सुनुवाई गरिएको निर्माण समितिले जनाएको छ । समितिका संयोजक रामसिंह वि.क.का अनुसार कृषि निर्देशनालयबाट प्राप्त अनुदान २७ लाख ५० हजार २ सय ५० रहेको छ ।
जम्मा अनुदानमा विद्यालयले ९ लाख १६ हजार ७ सय ५० रहेको छ । निर्देशनालय र विद्यालयको गरी कुल लागत ३७ लाख ६७ हजार रहेको वि.क.को भनाई छ । सार्वजनिक सुनुवाईको क्रममा प्राविधिक धार संचालन गर्दा विभिन्न १९ शिर्षकको बजेट नै सार्वजनिक गरिएको हो । कृषि विषय अध्ययनको लागि दुई कोठा भवन समेत दुई महिनामा सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटाले बताए ।
उनले भवन निर्माणको लागि संसद विकास कोष क्षेत्र नम्बर १५ लाख, कोहलपुर नगरपालिकाबाट ३ लाख र विद्यालयले ३ लाख २४ हजार गरी जम्मा २१ लख २४ हजार लगानीमा भवन निर्माण कार्य सम्पन्न भएको बताए । कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष कर्ण बहादुर विसीले स्थानीय तहले पनि कृषिलाइ जोड दिएको बताउदै कृषि शिक्षा आवश्यक रहेकोमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्