3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

दशगजामा संयुक्त सरसफाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ११, २०७६  

कोहलपुर ।

नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली तथा भारतीय सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाई गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्या. बागेश्वरी बाँकेको अगुवाईमा सरसफाई गरिएको थियो ।

नेपालगन्ज उप–महानगरपालिका १५ मा पर्ने नेपाल–भारत सिमा दशगजा क्षेत्रमा सरसफाई गरिएको बागेश्वरी गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहले जानकारी दिएका दिए । उनका अनुसार ‘समृद्व राष्ट्र निर्माणका लागी लागू औषध रहित स्वस्थ जिवन’ भन्ने मुल नाराका साथ संयुक्त रुपमा सरसफाई गरिएको हो ।

दशगजामा भएको संयुक्त सरसफाई कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, बागेश्वरी गणका गणपती भेषबहादुर शाह, सशस्त्र प्रहरी बल ४० नम्बर गुल्मका डिएसपी निरंकार नाथ शुक्ल, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई बसन्त कुरमा बस्नेत र भारतीय सुरक्षाकर्मीको तर्फबाट एसएसबी नम्बर ४२ गुल्म रुपैडियाका आइएनएस रमेश कुमार दवालाको नेतृत्वमा रहेका सुरक्षाकर्मीहरुले सरसफाई गरेका थिए ।

प्रकाशित मितिः बुधबार, असार ११, २०७६     9:06:03 AM  |