कोहलपुर ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ लाई बालमैत्री वडा घोषणाका लागि तयारी शुरु गएको छ । गाउँपालिकाको वडा नम्बर २ सितापुरलाई बाल मैत्री वडा घोषणाको लागि तयारी शुरु गरिएको हो । घोषणाको लागि तयारीको लागि स्थानीय शासन कार्ययोजना निर्माण गरिएको छ ।
खजुरा गाउँपालिका वडा नं. २ को सहयोगमा शुक्रबार सितापुरमा बालमैत्री स्थानीय शासनका सुचक वारे छलफल तथा बाल मैत्री स्थानीय शासन कार्ययोजना निर्माण कार्यशाला गोष्ठिको आयोजना गरि उक्त कार्ययोजना निर्माण गरिएको हो ।
कार्यशालामा सहभागी सरोकारवालाहरुले समुहगत छलफल गरी आगामी आ. व. २०७६÷०७७ भित्र वडालाई बाल मैत्री वडा घोषणा गर्ने गरि कार्ययोजना तयार गरिएको छ । कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारको ध्यान भौतिक पुर्वाधार विकासमा बढी केन्द्रीत भएको बताउदै त्यो भन्दा ठुलो विकास मानविय ब्यवहार र चेतना स्तरको विकास भएको बताएका थिए ।
कार्यक्रमको समापनमा बोल्दै खजुरा गाउँपालिका वडा नं. २ मा गठन भएको बाल मैत्री स्थानीय शासन वडा समिकी उपाध्यक्ष तथा वडा सदस्य झुमा योगीले वडालाई बालमैत्री घोषणा गर्न बनेको कार्ययोजना अनुरुप काम गर्दै जाने र यो विषयलाई सबैले अभियानको रुपमा लिनुपर्नेे बताइन ।
कार्यक्रममा वडा कार्यालयका प्रतिनिधि, बिभिन्न बिद्यालयका प्रअहरु, प्रहरी चौकीका प्रतिनिधि, स्वास्थ्य चौकीका इन्चार्ज, बाल क्लबका प्रतिनिधि, लगाएत गरी ३५ जनाको सहभागिता रहेको थियो । कार्यशालामा बालमैत्री स्थानीय शासनका सुचकहरुको समिक्षा गरि सुचकहरु पुरा हुने गरि कार्ययोजना तयार गरिएको छ ।