‘पुलिस अफ् द मन्थ’बाट प्रहरी निरीक्षक डाँगी पुरस्कृत



कोहलपुर ।

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगी ‘पुलिस अफ् द मन्थ’बाट पुरस्कृत भएका छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले प्रदान गर्दै आएको ‘पुलिस अफ् द मन्थ’बाट उनी पुरस्कृत भएका हुन् । लगनशिल तथा कर्तव्यनिष्ठ भई जिम्मेवारी पुरा गरेको संगठीत प्रकृतीको अपराध अनुसन्धान तथा कारवाहीमा प्रभावकारी भूमिका खेलेको भन्दै डाँगीलाई उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरिएको हो ।

सोमबार एक कार्यक्रमका बिच ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पिताम्बर अधिकारीले प्रहरी निरीक्षक डाँगीलाई उक्त उत्कृष्ट प्रहरीको प्रमाणपत्रले पुरस्कृत गरेका थिए । नेपालगन्जमा शान्ती सुरक्षा कायम गर्दै मातहतका प्रहरी परिचालनमा प्रभावकारी भूमिका निभाएको भन्दै जेष्ठ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डाँगीलाई प्रदान गरिएको थियो । उनी वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्जको रुपमा आएपछि चोरी, तस्करी, यौन धन्दा, लागुऔषध लगायतका घटनामा न्यूनिकरण भएको बताइन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ३ गते मंगलबार