कोहलपुर ।
राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको बागेश्वरी सिनिङ्ग आईडलको द्रोस्रो चरणको अडिसनको लागि १ सय ४९ जना छनोट भएका छन् । नेपालगंज अडिसन सकिएसंगै पहिलो चरणको अडिसन सकिएको हो । पहिलो चरणको अडिसन समापन संगै दोस्रो चरणको अडिसन असार ७ गते संचालन हुने आईडल संयोजक ओम शर्माले बताए ।
यस अघि कोहलपुरमा सम्पन्न भएको पहिलो अडिसनमा ७० जना, राप्तीसोनारीमा १९ जना र बैजनाथको अडिसनबाट ३२ जना दोस्रो चरणमा छनोट भईसकेका छन् । सगरमाथा इं.मी स्कुल कारकादोमा भएको अडिसनमा सहभागी भएका करिब ४३ जना सहभागी मध्ये दोस्रो राउण्डका लागी २८ जना छनौट भएका हुन ।
आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्बममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त गर्ने आईडल संयोजक ओम शर्माले जानकारी दिए ।आईडलमा संचारकर्मी कल्पना कार्कीले उद्घोषण गरिरहेकी छिन ।
प्रतिक्रिया दिनुहोस्