वर्तमान सरकार संविधान र संघियता विरोधी



कोहलपुर ।

काँग्रेसका केन्द्रीय सदस्य एंव पुर्वमन्त्री एन.पि साउदले दुई तिहाई बहुमत सहितको वर्तमान सरकार संविधान र संघियता विरोधी भएको बताएका छन् । नेपाली काँग्रेसको जनजागरण अभियान अन्र्तगत सोमबार कोहलपुर पुगेका नेता साउदले सरकारले बहुमत जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए । ‘कम्युनिष्ट सरकारको १५ महिना जनताको अपेक्षा अनुसार काम गर्न सकेन’ उनले भने, ‘वर्तमान सरकार उल्टो दिशामा हिडिरहेको छ ।’ सरकारका गलत कदमको विरोध र रचनात्मक कार्यमा सहयोग गर्ने उनले बताए । उनका अनुसार कांग्रेसलाई नयाँ गति दिन राष्ट्रिय जनजागरण अभियान थालिएको हो ।

काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले वर्तमान शासकमा सिद्धान्त नै नभएको बताए । उनले नेपालमा कम्युनिष्टको उदय नेपाली जनताको पक्षमा नरहेको बताएका छन् । पुर्व स्वास्थ्य मन्त्री समेत केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकार उग्रअधिनायकबाद उर्फ उन्मुख भएको दाबी गरे । ‘नेपालमा कम्युनिष्टलाई जनताले संविधान र संघियताको कार्यान्वयन जिताएका हुन्’ उनले भने, ‘संविधान र संघियताको सफल कार्यान्वयन सरकारको पहिलो प्रथामिकता हुनुपर्छ’ तर प्रधानमन्त्री केपी शर्मा ओलीले संघियता रुचाएका
छैनन् । उनीबाट सामाजबाद कल्पना गर्न सकिदैन, थापाले भने ।

यसैगरी नेपाल कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला नेतृ डाक्टर डिला संग्रोलाले अहिले नेपालको राष्ट्रियता,स्वाधिनता र अखण्डता अन्यन्त कमजोर रहेको बताईन् । उनले प्रधानमन्त्री ओलीमा नक्कली राष्ट्रबाद मौलाएको दाबि समेत गरिन् कांग्रेस बर्दिया सभापति तथा संसद संजय गौतम, बाँके सभापति किरण कोईराला र विद्यार्थी नेताले वर्तमान
सरकार अधिनायकबाद तर्फउन्मुख भएको बताए । नेपाल विद्यार्थी संघ बाँकेको आयोजनामा सम्पन्न कार्यक्रममा सयौ कार्यकर्ताको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २१ गते मंगलबार