14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

काँग्रेसका केन्द्रिय नेताहरु आज कोहलपुरमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६  

कोहलपुर ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरुले आज दिउँसो बाँकेको कोहलपुरमा हुने आम सभालाई सम्बोधन गर्ने भएका छन् ।

‘हिमाल, पहाड, तराई–मधेश’ नेपाली काँग्रेस राष्ट्रिय जागरण अन्तर्गत कोहलपुरको चौराहा हुने बृहत् आम सभालाई उनीहरुले सम्बोधन गर्नेछन् । नेपाल विद्यार्थी संघ बाँकेको आयोजनामा आम सभा हुन गइरहेको हो । आम सभालाई सम्बोधन गर्न पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन.पि. साउद, गगन थापा, केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रदिप पौडेल, डा. डिल्ला संग्रौला लगायतका केन्द्रिय तहका नेताहरु आउन लागेको नेविसंघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

आयोजक नेविसंघ बाँकेले आइतबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर आम सभाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । वर्तमान सरकारका भष्ट्राचार, मंहगि, निर्मला पन्त हत्या प्रकरण, प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, चिकित्सा शिक्षा, बौद्विक समुदायका प्रति अबौद्विक टिप्पणीहरुका विरुद्व बृहत सभाको आयोजना गरिएको अध्यक्ष आचार्यले बताए । सोही कार्यक्रममा सहिद चोक बहादुर खत्री र जागेश्वरी थारुको १७ औं स्मृती सभा पनी हुने बताइएको छ । उनीहरुको नाममा अक्षयकोष स्थापना गर्नको लागी कार्यक्रम गर्न लागिएको नेविसंघ बाँकेका अध्यक्ष आचार्यले जानकारी दिए ।

आम सभामा ५ हजार भन्दा बढी मानिसहरुको सहभागिता रहने लक्ष्य राखिएको आयोजकले जनाएको छ । आम सभा कोहलपुर चौराहामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६     8:57:30 AM  |