14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

रारा प्रथम ट्रेल रनको उपाधी जुम्लाका बुढालाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६  

मुगु ।

नेपाली सेना श्री दल गुल्म राराको आयोजनामा बुधवार प्रथम रारा टे«ल रन प्रतियोगिताको प्रथम उपाधी जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ का दुर्गबहादुर बुढाले जितेका छन् । बुढाले ताल वरीपरी १५ किलो मिटर दुरी ५५ मिनेट ३८ सेकेण्डमा पार गरि एक लाख नगद पुरस्कार जितेका हुन ्। त्यस्तै कनकासुन्दरी १ कै धिरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नबराज सावत तेस्रो , भिम बहादुर बुढा चौंथो र कनका सुन्दरी १ का प्रकाश कठायत पाँचौ स्थानमा आएका छन् ।

प्रथम लाई एक लाख, दोस्रो ६० हजार ,तेस्रो ४० हजार चौंथो २० हजार र पाँचौलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको छ भने सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको छ । अन्तराष्ट्रिय जैविक विविधता दिवशका अवसरमा नेपाली सेनाले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी वल तथा देश भरिका १ सय ३० जना खेलाडी सहभागि भएका थिए ।

प्रतियोगिताको उत्तर पश्चिम पृतनाका पुतना पति उपरथि सरोजप्रताप राणाले उद्घाटन गरेका हुन् । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्धित्तीयलाई ६० हजार तृत्तीयलाई ४० हजार र सान्त्वना दुई जनालाई २० हजार र १० हजार पुरस्कार व्यवस्था गरिएको श्री दल गुल्मका गुल्मपति रवि केसीले जानकारी दिए । खेल पर्यटनलाई प्रर्बद्धन गर्न र जैविक विविधता संरक्षण गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६     7:15:31 AM  |