दाङमा गाडिको ठक्करबाट ६ बर्षिय बालकको मृत्यू



दाङ ।
दाङमा गाडिको ठक्करबाट ६ बर्षिय बालकको ज्यान गएको छ । दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँ निवासी देविलाल पुनका ७ बर्षीय छोरा किरनको मृत्यु आइतबार पिकअपको ठक्करबाट मृत्यू भएको प्रहरीले जनाएको छ ।

शान्तिनगर गाउँपालिकाको रगैँचाबाट तुलसीपुर आउँदै गरेको ग १ ज ५६६४ नम्बरको पिकअपले ठक्कर दिदा गम्भीर घाईते भएका पुनको उपचारको लागि स्वास्थ्य चौकी बागर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो । दाङ प्रहरीका अनुसार बच्चा बाटोमै खेलिरहेको अवस्थामा गाडिले ठक्कर दिएको हो । ठक्कर दिने गाडि र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ३० गते सोमबार