सामाजिक विकृति हटाउन सचेतना अभियान



सुर्खेत ।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाले समाजका रहेका विकृति हटाउन सचेतना अभियानलाई तिव्रता दिएको छ । चेतनाको अभावमा अँझै पनि कुरिती, समाजिक कृप्रथाका कारण विभिन्न अपराधिक गतिविधिहरु भइरहेको भन्दै गाउँपालिकाले समाज बदल्न जनचेतान्मक अभियान सुरु गरेको हो । समाज परिवर्तन गर्न शिक्षा, चेतना आवश्यक रहेकोले नागरिकलाई सूसुचित नगरी सकारात्मक परिवर्तन नहुने भन्दै सचेतना अभियानलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताए ।

पछिल्लो समय झन बालबिवाह बढ्दै गएको, लैगिक हिंसा तथा छाउपडी प्रथा बढ्दै गइरहेकोले न्यूनिकरणका लागि अभियान थालिएको उनको भनाई छ । यसै अभियान अन्तर्गत शनिबार वडा नम्बर ८ मा जनचेतनात्मक कार्यक्रम गरिएको छ । कुप्रथा अन्त्यका लागि सबै नागरिक सचेत हुनुपर्ने र हिंसा हुन नदिन एकजुट हुनुपर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिकाले चेतना जगाउन एकैपटकले सम्भव नहुने भन्दै एक महिनाको अवधिमै पाँचवटा चरणबद्ध कार्यक्रम राखेको थियो ।

कुप्रथा अन्त्यका लागि नागरिक सबैको दायित्व हुने भन्दै गाउँपालिकाले वडाका वडाका ग्यालेकाँडा, भेट्टेघारी, कुकिकोट, बरडाडा, कुलीकाँडा, कुनाथरीमा चैत्र २५, बैशाख ९, बैशाख १८, बैशाख २२, बैशाख २७ मा कार्यक्रम गरेको जनाएको छ । अभियानमा विभिन्न वडाका आमा समूह हरुले लैगिंकहिँसा सम्बन्धि सांस्कृतिक कार्यक्रम गरेका थिए । गाउँपालिकाका अध्यक्ष बस्नेतले समाजमा रहेका सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गरिने दाबी गरे । एकैपटक कुनै पनि अभियान सफल नहुने भएकाले निरन्तरको प्रयासले समाजमा अपराधका रुपमा रहेका कुप्रथालाई न्यूनिकरण गरेरै छाड्ने दाबी गरे ।

साथै अभियानकै चरणमा सहभागी अधिकांशले सामाजिक विकृति र हिंसा अन्त्यका लागि डटेर लाग्ने प्रतिबद्धता जनाएका छन् । वडा कार्यालयको आयोजनामा बालबिवाह, जातीय छुवाछुत, छाउपडिप्रथा लैगिंक हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको वडा नम्बर वडा सचिव दुर्गाप्रसाद रिजालले जानकारी दिए । उनले गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटेर सबै विभेद र कूसँस्कारको अन्त्य गरिने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख २९ गते आइतबार