डिल्ली शाही, कोहलपुर ।
बाँकेको कोहलपुरका रहेको साझा चोकमा कोहलपुर हेल्थ केयर अस्पताल सञ्चालनमा आएको छ । शनिबार अस्पतालको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । ‘कोहलपुर अस्पतालको सेवा, कोहलपुर बासीहरुको स्वास्थ्य सेवामा टेवा’ भन्ने मुल नाराका सञ्चालनमा आएको अस्पतालले विभिन्न ११ वटा सेवाहरु २४ सै घण्टा दिने बताएको छ ।
कार्यक्रममा बोल्दै रावतले प्रभावकारी र गुणस्तिरीय स्वास्थ्य सेवा प्रदान गर्न संवेदनशील भई लाग्नु पर्नेमा जोड दिए । ‘मानिसको सबैभन्दा अमूल्य जीवन हो’ उनले भने, ‘स्वास्थ्यमा खेलबाड गर्नुहुदैन । अस्पताल खोल्नु मात्र ठुलो विषय होइन ।
रोग पत्ता लगाई विरामीको उपचार गर्नु ठुलो विषय हो ।’ कोहलपुर हेल्थ केयर अस्पतालका सञ्चालक राज कुमारी मैनालीले विगत भन्दा फरक ढङ्गबाट २४ घण्टा सेवा विस्तार गरिएको जानकारी दिइन् । उनका अनुसार अपाङ्ग, अति विपन्न, असक्त, दृष्टिविहिन, विकट जिल्ला तथा दुर्गम गाउँबाट आएका विरामीहरुलाई १० प्रतिशत छुट र औषधिमा पनि ५ प्रतिशत छुट दिइने छ ।