नेकपा बाँकेको अध्यक्षमा खरेल र सचिवमा कोइराला



नेपालगन्ज ।      नेकपा बाँकेको अध्यक्षमा अग्रज नेता आईपी खरेल र सचिवमा अशोक कोइराला चयन भएका छन् ।

नेकपाको सचिवालय बैठकले बाँके सहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेमा अध्यक्ष खरेल र सचिवमा कोइराला चयन भएका हुन ।

खरेल माओवादी बाँकेको संयोजक हुन भने कोइराला एमाले बाँकेका अध्यक्ष हुन् । नेकपा सचिवालय बैठकको निर्णय सोमबार औपचारिक सार्वजनिक भएको हो।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ९ गते सोमबार