डिल्ली शाही, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका– १४ हवल्दारपुरमा लागुऔषध दुव्र्यसन विरुद्व सचेतनामुलक कार्यक्रम गरिएको छ । समाज सेवा संस्था नेपालको आयोजनामा आइतबार लागुऔषध दुव्र्यसन विरुद्व सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
‘हाम्रो आवाज, लागुऔषध दुव्र्यसनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । उनले पछिल्लो समय समाजमा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेकोमा चिन्ता व्यक्त गरे । ‘विभिन्न नाममा पछिल्लो समय समाजमा लागुऔषध प्रयोग गर्नेहरुको संख्या बढ्दै गइरहेको छ’ उनले भने, ‘समयमा नै यसलाई नियन्त्रणमा लिन सकिएन भन्ने आगामी दिनमा ठूलो रुप लिनसक्छ ।’
नगर प्रमुख रावतले लागुऔषध विरुद्व सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । लागुऔषध विरुद्वको अभियानमा कोहलपुर नगरपालिकाले साथ र सहयोग गर्ने उनले प्रतिबद्वता जनाए । कार्यक्रममा लागुऔषधको क्षेत्रमा काम गरेको भन्दै संस्थाले इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी रमेश बहादुर सिंह र सहारा हाउस पुनस्थापना केन्द्रका कार्यकारी निर्देशक अविराज क्षेत्रीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुर डिएसपी सिंहले लागुऔषध नियन्त्रणको लागि सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिए । ‘पछिल्लो समय लागुऔषधको अवस्था भयानक बन्दै जान थालेको छ’ उनले भने, ‘प्रहरी मात्रैले यो कार्य सभ्भव छैन त्यसैले सबैको साथ सहयोग आवश्यक हुन्छ ।’
आयोजक समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाका अनुसार कार्यक्रममा लागुऔषध दुव्र्यसन विरुद्व नाटक समेत प्रस्तुत गरिएको थियो । लागुऔषध दुव्र्यसन विरुद्व सचेतनामुलक कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष निम बहादुर चलाउने, सामाजिक समिती संयोजक नारायणी वली, स्थानीय जनप्रतिनिधी, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्