29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

तीन दिने अभिमुखीकरण सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र १८, २०७५  

कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका ४ मा लागु औषध दुव्र्यशन नियन्त्रण सम्बन्धी तीन दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

वडा नम्बर ४ स्तरीय युवा सञ्जालको आयोजनामा शुक्रबारबाट सुरु भएको अभिमुखीकरण आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रमका बोल्दै वडा अध्यक्ष काली बहादुर सिंहले लागु पदार्थ तथा दुव्र्यशनीमा फसेका युवाहरुलाई जनचेतनामार्फत न्यूनिकरण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

‘पछिल्लो समय युवाहरुमा लागुपदार्थ प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ’ उनले भने,‘ यसलाई समयमा नै नियन्त्रणमा लिन सकिएन भने पछि भयानक अवस्था आउन सक्छ ।’ तीन दिनसम्म चलेको अभिमुखिकरणमा लागुऔषधको बारेमा युवाहरुलाई जानकारी दिइएको आयोजक युवा सञ्जालका सचिव राम प्रसाद शर्माले जानकारी दिए ।

युवा सञ्जालका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका स्तरीय युवा सञ्जालका अध्यक्ष अगन मल्ल, बैजनाथ गाउँपालिकाकी कार्यपालिका सदस्य रामकुमारी गुरुङ लगायतले बोलेका थिए । उनीहरुले तीन दिनसम्म सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः सोमवार, चैत्र १८, २०७५     6:48:13 AM  |