बर्दियाको बनगाईमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु



बर्दियाको बनगाईमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको ज्यान गएको छ ।

आइतबार बिहान भएको दुर्घटनामा बर्दियाको मधुवन नगरपालिका १ इन्द्रपुरका २१ वर्षका सुरज चौधरी र कृष्णा चौधरी तथा बारबर्दिया नगरपालिका ९ का २३ वर्षका खगेन्द्र बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो ।

भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १८ गते सोमबार