14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

घुम्ति शिविर सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५  

बढैयाता,  बढैयाताल गाँउपालिका वडा ४ मा शुक्रबार एक दिने नागरीकता घुम्ति शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका नागरिकता फाँटका अधिकृत अर्जुन प्रसाद सुबेदीको नेतृत्वको टोली नागरिकता घुम्ती शिविर गरेको हो ।

शिविरमा ४१ जना पुरुष र ८० जना महिला गरी जम्मा १२१ जनालाई नागरिकता वितरण गरिएको वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर थापा (बिस्तार) ले जानकारी दिए । उनका अनुसार घुम्ति शिविरमा १ जना ७७ बर्षका बृद्धा, अशक्त महिला र २ जना अपाङ्गता भएकाहरुलाई समेत नागरिकता प्रदान गरिएको थियो । घरमा नै नागरिकता पाइएपछि स्थानीयबासीहरु खुसी भएका थिए ।

प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५     8:04:23 AM  |