कोहलपुर ।
कोहलपुरमा रहेको तक्षशिला एकेडेमीमा शुक्रबार अभिभावक दिवस तथा नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । नारी दिवसको अवसर पारेर विद्यालयले विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरुलाई सम्मान गरेको थियो ।
शिक्षा, स्वास्थ्य, खेलकुद, साहित्य लगायतका क्षेत्रका २० भन्दा बढी महिलाहरुलाई विद्यालयहरुले सम्मान गरेको हो । उनीहरुलाई कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरी लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर विरकट्टा, कोहलपुर नगरपालिकाकी कार्यपालिका सदस्य नारायणी ओली, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : २०७५ फागुन २५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्