डिल्ली शाही । बाँके सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले जीपीएस प्रणालीबाट सवारी साधनमाथि निरानी गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय ट्राफिक प्रहरी निर्देशनालयका प्रहरी नायव महानिरीक्षक पूर्ण चन्द्र जोशीले सवारी साधनलाई दुर्घटना न्यूनिकरण गर्नका लागि जिपिएसको साहायताले निगरानी राख्ने बताएका छन् ।
जिल्ला ट्राफिक कार्यलयको आयोजनामा सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्नका लागि जनसम्पर्क कार्यक्रम अन्तर्गत जीपीएसबाट निगरानी राख्ने बताएका हुन् । नेपालमा तिव्र रुपमा सवारी साधन दुर्घटना भएपछि न्यूनिकरण गर्नका लागि जिपीएएस लागु गर्ने उनको भनाइ छ ।
‘सवारी साधनहरु तिव्र गतिमा दौडाउने गरिन्छ, अव्यवस्थित बस स्टपलाई व्यवस्थित बनाउनका लागि जीपीएस प्रणाली लागु गर्नेपर्ने देखियो’ जोशीले भने । जीपीएस प्रणाली लागु भएपछि जथाभावी सवारी साधन रोक्ने परिपाटीको अन्त्य हुनुको साथै निर्धारित समयमा गन्तव्यमा सवारी पुगे नपुगेको थाहा हुनेछ ।
‘सवारी साधन जतासुकै रोकेर यात्रु ओराल्न वा राख्न पाइन्न, तर उक्त प्रयोजनका लागि ट्राफिक सङ्केतसहितको पर्याप्त स्थान छुट्याउने छ’ उनले थपे, ‘सोही अनुरुप प्रहरीले जिपीएसमार्फत नेपालका सम्पूर्ण सवारी साधनको नियमन गरी दुर्घटना न्युनिकरण गर्न सक्नेछ ।’ त्यस्तै ५ नम्बर प्रदेशको प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले अनुसार रिफ्लेक्ट जडान गरी दुर्घटना न्युनकिरण गर्ने सकिने बताए । ‘हामीले अहिले महेन्द्र राजमार्गको ३४ स्थानमा रिफ्लेक्ट जडान गर्ने तयार गरिएको छ, ट्रक, बस, मोटरसाइकल तथा साइकलमा पनि रिफ्लेक्ट जडान गरिएको छ । यसलाई नियमित रुपमा विभिन्न योजना अनुरुप देशव्यापी गरिनेछ ।’
त्यस्तै जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज तथा प्रहरी निरिक्षक हिरेन्द्र रोकायले सवारी साधनहरुलाई ६ पटक जरिवानामा परेपछि लाइसेन्स नै रद गर्ने बताका छन् । कुनै पनि सवारी जानाजान गल्ती गरेमा दुई घण्टासम्म नियन्त्रणमा लिएर सम्झाउने गरेको उनको भनाई छ ।