मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २१, २०७५
विराटनगर ।
विराटनगर महानगरपालिका वडा नं। ११ टिफिन रेष्टुरेन्टकी संचालक प्रिया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
बिभिन्न जिल्लाहरूबाट रोजगारीको सिलसिलामा आएका युवतीहरूलाई रेष्टुरेन्टमा आउने ग्राहकहरूसँग यौन सम्पर्क गराउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हाृ ।
उनले ती युवतीहरुलाई जवरजस्ती डर त्रास देखाई करकापमा यौन सम्पर्क राख्न लगाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले रेष्टुरेन्टकी संचालक प्रिया श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकी श्रेष्ठलाई मानव वेचविखन तथा ओसार पसार ऐन २०६४ बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान शुरु भएको उनले जानकारी दिए ।