बर्दिया । किशोरीहरुलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा बर्दिया प्रहरीले ३ जना महिलाहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवा यार्सा गाउँपालिका–१ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका–१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की रहेका छन् ।
उनीहरुलाई प्रहरीले बढैयाताल गाउँपालिका–८ कर्णालीपुलबाट पक्राउ गरेको हो । रसुवा यार्सा गाउँपालिका–५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले किशोरीको उद्वार गर्नुका साथै तीन जना महिलाहरुलाई पक्राउ गरेको थियो ।
दिल्लीका कोठीमा बेच्ने उद्धेश्यले भारत लैजान लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरुमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्