बर्दियामा भलिबल छनौट खेल सुरु



सुदीप अधिकारी । बर्दिया । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बर्दियामा प्रदेशस्तरीय भलिबल खेलको छनौट प्रतियोगिता संचालन भइरहेको छ ।

जिल्लाको ठाकुरबाबा नगरपालिका– १ भुरिगाउँस्थित सिँहबाहिनी खेल मैदानमा शुक्रबारदेखि प्रदेश नम्बर ५ को भलिबल छनौट प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा प्रदेश नं ५ अन्र्तगत १२ जिल्लाका भलिबल टिम सहभागी भएका छन् ।

प्रतियोगितामा बाँके, बर्दिया, दाङ, प्युठान, रुकुम, रोल्पा, कपिलबस्तु, पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची र नवलपरासीका भलिबल टिम बिच प्रतिस्पर्धा हुने छ । लिग चरणका आधारमा खेल संचालन हुने बताइएको छ ।

५ नम्बर प्रदेशको कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक समारोहका बिच प्रदेशस्तरीय भलिबल खेलको छनौट प्रतियोगिताको उद्घाटन गरिन् । शुक्रबार लिग चरणको पहिलो खेल बाँके र नवलपरासी बिच भएको थियो । खेलमा ७ अंकले बाँकेलाई हराउँदै नवलपरासी बिजयी भयो । यसैगरि लिग चरणको दोस्रो खेल बर्दिया र रुपन्देही बिच, तेस्रो खेल गुल्मी र रोल्पा बिच भयो भने अर्को खेल दाङ र पाल्पा बिच भएको थियो ।

छनौट प्रतियोगिता २० गतेसम्म संचालन हुने बताइएको छ । प्रतियोगितामा प्रदेशस्तरिय प्रथम, द्धितिय र तृतीय भलिबल टिम घोषणा गरिने छ । भने प्रतियोगितामा सहभागी १२ वटै जिल्लाका खेलाडीहरु मध्येबाट उत्कृष्ठ खेलाडी छनौट गरि ५ नम्बर प्रदेशको एउटा भलिबल टिम निमार्ण गरिने छ ।

यो टिम आठौँ राष्टिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर ५ को तर्फबाट प्रतिस्पर्धा गर्ने छ । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनौट चरण अन्र्तगत जिल्लाको भुरिगाउँमा फागुन २२ देखि २४ सम्म कपर्दी र फागुन २५ गतेदेखि २८ गतेसम्म खोखो खेल संचालन हुने जिल्ल खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले बताए ।

यसैगरि गुलरियामा फागुन २५ देखि २८ गतेसम्म महिला फुटबल खेल संचालन हुने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १८ गते शनिबार