प्रदेश फुटबलको उपाधि सुर्खेतलाई



सुर्खेत ।
आठौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितता अन्तर्गत कर्णाली प्रदेशस्तरिय फुटबलको उपाधि सुर्खेतले हात पारेको छ ।

दश जिल्लाका टिम सहभागी भएको प्रतियोगितामा बिहीबारको फाइनल खेलमा हुम्लालाई हराउँदै उपाधि हात पारेको हो । वीरेन्द्रनगर रंगशालामा भएको खेलमा हुम्लालाई ४–२ गोल अन्तरले हराएको हो । निकै प्रतिष्पर्धात्मक भएको खेल निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । धेरै समय बल आफ्नो नियन्त्रणमा लिएको सुर्खेत पटक–पटक गोल हान्ने अबसर पाए पनि अवसरको सदुपयोग गर्न भने सकेन ।

ट्राइबेकरमा सुर्खेतका सुजन शाही, सुदिप गुरुङ, बिजयी शाही र धर्मेन्द्र शाहीले गोल गरे । हुम्लाका करण रावत र राजकुमार रोकायले गोल गरे पनि चक्रबहादुर लामा र लक्ष्मण बोहारले गोल गर्न नसक्दा दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । क्वाटरफाईनलमा जुम्लालाई हराएको सुर्खेत सेमिफाईनलमा कालिकोटलाई पराजित गर्दै फाईनल पुगेको थियो ।

लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाईनलमा मुगुलाई हराउँदै फाईनल प्रबेश गरेको थियो । यस्तै बिहीबार नै तेस्रो स्थानका लागि भएको खेलमा कालिकोटलाई हराउँदै मुग तेस्रो स्थान हासिल गर्न सफल भएको छ । निर्धारित समयमा दुवै पक्षाबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा मुगुले कालिकोटलाई ३–१ गोल अन्तरले हराउँदै तेस्रो स्थानमा आफ्नो नाम दर्ता गराएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १७ गते शुक्रबार