कोहलपुर, बाँके , शुक्रबार नेत्रविक्रम चन्द नेतृत्ववको विप्लव माओवादीले बाँकेमा एनसेल टावरमाथि आक्रमणको प्रयास गरेको छ ।
आज बन्द घोषणा गरेको विप्लब समूहले बन्दको प्रभावपार्न कोहलपुुर नगरपालिका वडा नं १५ मा रहेको चन्डहवाको एनसीएल टावरमाथि शुक्रबार राती करीब ११ बजे आगलागीको प्रयास गरेकोे हो ।
बन्दको पूर्व सन्ध्यामा विप्लब समूहकोे कडा निगरानी राखिरहेको प्रहरी समयमा पुग्दा आगलागि हुनबाट भने जोगिएको छ ।
इलाका प्रहरी कार्यालयका कोहपुरका डिसपी रमेश बहादुर सिंहका अनुसार उनीहरुले आगो लगगाउने सूचना पाए लगतै प्रहरी र जनप्र्रतिनिधि घटनास्थल पुगेका थिए । समयमै सूचना पाएका कारण आगलागि हुनबाट जोगिएको उनले बताए ।
उनका अनुसार विप्लब कार्याकर्ताले आगो लगाउने तयारी गरिरहँदा प्रहरीहरुको सवारी साधन आएको देखेपछि भागेका कारण
उनीहरु आगोलगाउन सफल भएनन् । विप्लव कार्याकर्ताहरुको प्रहरीले खोजी गरिरहेको डिसपीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्