6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

सिटिइभिटिको प्रादेशिक कार्यालय सुर्खेतमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५  

सुर्खेत फाल्गुन, ०४ ,  कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि) को प्रादेशिक कार्यालय स्थापना भएको छ । शुक्रबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कार्यालयको उद्घाटन गरे ।

उनले कार्यालयले कर्णाली प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा विस्तारमा ठूलो भुमिका खेल्ने बताए । अहिले समयमा प्राविधिक शिक्षा एकदमै आवश्यक रहेको भन्दै मन्त्री रावलले प्रदेशका सबै जिल्लामा प्राविधिक तथा व्यवसायिक शिक्षा विस्तार गर्न कार्यालयलाई आग्रह गरे ।

कार्यालयलाई जस्तोसुकै सहयोग गर्न समेत प्रदेश सरकार तयार रहेको उनले प्रतिबद्वता जनाए । अब प्रदेशका सबै जिल्ला र स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा पढाई सुरु गर्नुपर्छ, मन्त्री रावलले भने,– त्यसका लागि कार्यालयसँग प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्न तयार छ ।

कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधी, स्थानीय, कर्मचारी लगायतको सहभागिता रहेको थियो । पछिल्लो समय विरेन्द्रनगरमा विभिन्न निकायका प्रादेशिक कार्यालयहरु स्थापना हुने क्रम बढेको छ । शुक्रबारदेखि स्थापना भएको सिटिइभिटिको प्रादेशिक कार्यालयले प्रदेशभरीका जिल्लाहरुमा काम गर्ने बताइएको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५     6:51:44 AM  |