1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

दैलेखमा कर्णाली प्रदेश स्तरीय व्यापार मेला हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  

दैलेख फागुन ३,  दैलेखमा कर्णाली प्रदेशस्तरीय उद्यम, कृषि, पर्यटन र औद्योगिक व्यापार मेला हुने भएको छ । दैलेख उद्योग वाणिज्य संघ दैलेख र नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको संयूक्त आयोजनामा दैलेख महोत्सव–२०७५ हुने भएको हो ।
कृषि पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ दैलेखद्वारा आयोजित पत्रकार सम्मेलमा जानकारी गराइएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्दै जिल्लाको औद्योगिक व्यापारमा टेवा पु¥याउन व्यापार मेलाले सहयोग गर्ने आयोजक दैलेख उद्योग वाणिज्य संघ दैलेखले जनाएको छ ।दैलेखमा कर्णाली प्रदेश स्तरीय व्यापार मेला हुने

यही फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका ११ वटै स्थानीय तहको साँस्कृतिक झलकहरू, स्थानीयदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनुका साथै स्थानीय उद्यमीले उत्पादन गरेको कृषिजन्य वस्तु प्रदर्शनीमा राखिने दैलेख उद्योग वाणिज्यसँग दैलेखका महासचिव राजेशकुमार हमालले बताए । दैलेख उद्योग वाणिज्य संघ दैलेखका अध्यक्षको अध्यक्षतामा २१ सदस्यीय मूल समारोह समितिको मातहतमा १९ वटा उप समितिहरू रहने आयोजक संस्थाले जनाएको छ । सुरक्षा व्यवस्था तथा स्वमसेवक, झाकी, स्टल, मञ्च, अतिथि सत्कार, साँस्कृतिक, सञ्चार समन्वय, पुरस्कार, सरसफाइ, धार्मिक तथा पर्यटन, होटल, रमाइलो मोला, कला संस्कृति, यातायात, आर्थिक संकलन, लघु उद्यम, खानेपानी, स्वास्थ्य र कृषि उत्पादनलगायतका उपसमितिहरू रहने बताइएको छ ।
महोत्सव अवधिभर करिब ५१ लाख ५० हजार रुपैयाँ अनुमानित आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ । आयोजकका अनुसार विज्ञापन तथा प्रायोजनबाट १ लाख ५० हाजर, मनोरञ्जन कर १ लाख, सवारी साधन तथा पार्किङ शुल्क ५० हजार, प्रचार–प्रसार सामग्री वितरण १ लाख ५० हजार, दातृ निकाय सरकारी तथा व्यावसायिक संस्था ७ लाख, स्टल भाडा १० लाख र टिकट बिक्रीबाट ३० लाख आम्दानी हुने अनुमानित गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     7:56:18 AM  |